• ट्रेण्डिङ्ग :
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा


  • 1.5K
    SHARES
    • आषाढ २७, २०८३ शनिबार
    • २ महिना अघि
    • 2.2K Views

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ, असार २७ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा शनिबार भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

    images

    स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाउनुभयो । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई  १–१ गोलको बराबरीमा पुर्‍याउनुभयो ।

    त्यसपछि  खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्‍याउनुभयो । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । रासस 


    तेस्रो आँखा