• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव


  • 1.3K
    SHARES
    • आषाढ २८, २०८३ आइतबार
    • २ महिना अघि
    • 2.0K Views

    सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

    काठमाडौँ, असार २८ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपियाँले बढेको छ भने चाँदी ३५ रुपियाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपियाँ कायम भएको छ ।

    गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस 


    तेस्रो आँखा