• ट्रेण्डिङ्ग :
सुनको मूल्य १९ सय रुपैँयाले बढ्यो

सुनको मूल्य १९ सय रुपैँयाले बढ्यो


  • 1.5K
    SHARES
    • श्रावण ३, २०८३ आइतबार
    • २ महिना अघि
    • 2.3K Views

    सुनको मूल्य १९ सय रुपैँयाले बढ्यो

    काठमाडौं, ३ साउन । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँले उकालो लागेको हो।
    शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

    images

    चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँ रहेको चाँदी आइतबार ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव तथा त्यसको प्रभावका कारण नेपाली बजारमा पनि मूल्य बढेको हो। सुनको भाउ पुनः उकालो लागेसँगै गरगहना खरिद गर्ने उपभोक्ताको लागत थप बढेको छ।


    तेस्रो आँखा