• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


  • 3.7K
    SHARES
    • श्रावण ५, २०८३ मंगलबार
    • १ महिना अघि
    • 5.6K Views

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    काठमाडौँ, साउन ५ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ ।

    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१९ अङ्कले बढेर १८६.६२ मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा  रहेको छ । आज विभिन्न कम्पनीका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर रु छ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मूल्यमा खरिद बिक्री भएका छन् । 

    विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल ९बालाजु० लिमिटेड कम्पनीको मूल्य बढेको छ भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलमपेन्ट बैंकको सेयर मूल्य घटेको छ । रासस

  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक

  • तेस्रो आँखा