• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 1.8K
    SHARES
    • श्रावण १०, २०८३ आइतबार
    • १ महिना अघि
    • 2.8K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, साउन १० गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ ।

    गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य  दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको थियो ।

    गत बिहीबार एक तोला छापावाल सुनको मूल्य  दुई लाख ९१ हजार ३०० र चाँदी चार हजार ५०५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा