• ट्रेण्डिङ्ग :
ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त


  • 40.8K
    SHARES
    • श्रावण १६, २०८३ शनिबार
    • १ महिना अघि
    • 62.8K Views

    ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

    काठमाडौँ, साउन १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीको  निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

    images

    विश्वको १२ औँ अग्लो (आठ हजार ५१ मिटर) ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा) र अन्य चार जना विदेशी आरोहीको हिमपहिरोमा परी दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको उहाँले बताउनुभएको छ।

    दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति  समवेदना प्रकट गर्नुभएको छ। “दिवङ्गत आरोहीको भौतिक यात्रा मात्र रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उहाँले भन्नुभएको छ।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ।

     


    तेस्रो आँखा