• ट्रेण्डिङ्ग :
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


  • 2.6K
    SHARES
    • श्रावण १८, २०८३ सोमबार
    • ३ महिना अघि
    • 4.0K Views

    तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मङ्गलबार देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    बुधबार पनि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा