• ट्रेण्डिङ्ग :
कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, संसद् बैठक प्रभावकारी बनाउन जोड

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, संसद् बैठक प्रभावकारी बनाउन जोड


  • 625
    SHARES
    • श्रावण २०, २०८३ बुधबार
    • १ महिना अघि
    • 961 Views

    कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, संसद् बैठक प्रभावकारी बनाउन जोड

    काठमाडौँ, साउन २० गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालको अध्यक्षातामा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

    images

    नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयका साथै संसदीय कार्यप्रणालीलाई सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको छ।

    छलफलका क्रममा सांसदले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित एवं व्यवस्थित बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा विभिन्न धारणा र सुझाव प्रस्तुत गरिएका थिए।

    बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबिच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

    त्यसैगरी, संसद्को कार्यसम्पादनलाई थप मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यले प्रतिबद्धता जनाएका छन्। 

     


    तेस्रो आँखा