• ट्रेण्डिङ्ग :
नागरिकका समस्या समाधानमा गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता

नागरिकका समस्या समाधानमा गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता


  • 1.9K
    SHARES
    • श्रावण ३०, २०८३ शनिबार
    • १ महिना अघि
    • 2.9K Views

    नागरिकका समस्या समाधानमा गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता

    सुलिकोट, साउन ३० । गृहमन्त्री सुधन गुरुङ गोरखाको आरूघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बस्तीसम्म पुग्नुभएको छ। मतदाताका दुःख, पीडा र गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यका साथ गृहमन्त्री गुरुङ दुई दिनदेखि गाउँ–गाउँ पुगेर नागरिकसँग निरन्तर संवाद गरिरहनुभएको छ।

    images

    गाउँका चौतारा र घरका आँगनमा उभिएर गृहमन्त्री गुरुङले स्थानीयवासीका कुरा ध्यानपूर्वक सुनिरहनुभएको छ। वर्षौँदेखि समाधानको प्रतीक्षामा रहेका सडक, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल, विपद् व्यवस्थापन र सरकारी सेवासँग सम्बन्धित गुनासा नागरिकले उहाँसमक्ष प्रस्तुत गरेका छन्।

    भीमसेन थापा गाउँपालिका–३ का स्थानीय युवा सुनिल लामिछानेले नेताले आफ्ना कुरा सुन्ने परिपाटी हराएको महसुस भइरहेका बेला गृहमन्त्री स्वयम् आएर आवाज सुनिरहेको बताउनुभयो। गृहमन्त्री गुरुङले नागरिकका आवाज सुन्नुका साथै ती विषयमा नीतिगत निर्णय गर्न र सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा लैजान तदारुकता देखाउनुभएको छ।

    गोरखाका विभिन्न गाउँमा पुग्दा गृहमन्त्री गुरुङले विकासका नागरिकका व्यावहारिक भोगाइलाई प्राथमिकता दिनुभएको छ। बाढी र पहिरोले बाटो बन्द हुँदाको पीडा, सरकारी सेवा लिन भोग्नुपरेको सास्ती, सुरक्षाको चिन्ता र रोजगारीको अभावबारे जानकारी लिँदै उहाँले यथाशक्य चाँडो समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो।

    गृहमन्त्रीको दुई दिने गाउँ यात्राले जनताको शासन जनताकै दैलोमा पुगेर सुन्दा मात्र त्यसको अर्थ गहिरो हुन्छ भन्ने सन्देश दिएको छ। नागरिकका आँखामा आशा जगाउने यी आवाजलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

    गृहमन्त्री गुरुङले नागरिकका दैनिक समस्या तथा गुनासोको प्रभावकारी रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राज्यका सेवा सुविधा नागरिकसम्म सहज, छिटो र पारदर्शी रूपमा पुर्‍याउन आवश्यक कदम चालिने उहाँको भनाइ थियो। 


    तेस्रो आँखा