• ट्रेण्डिङ्ग :
पहिरोले राप्ती राजमार्ग अवरुद्ध, भित्री सडकको डाइभर्सन बगायाे

पहिरोले राप्ती राजमार्ग अवरुद्ध, भित्री सडकको डाइभर्सन बगायाे


  • 2.2K
    SHARES
    • श्रावण ३१, २०८३ आइतबार
    • १ महिना अघि
    • 3.4K Views

    पहिरोले राप्ती राजमार्ग अवरुद्ध, भित्री सडकको डाइभर्सन बगायाे

    सल्यान, साउन ३१ । सल्यानमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान कपुरकोट गाउँपालिका–४ अरिङ्गालेस्थित राप्ती राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

    images

    पहिरो खसेपछि कपुरकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडकमा सवारीसाधन रोकिएका छन् भने पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन जेसीबीसँग समन्वय भइरहेको सल्यानका प्रहरी प्रमुख डिएसपी दिपक पातलीले जानकारी दिनुभयो । 

    यसैबीच, छत्रेश्वरी गाउँपालिका–५ कैंचीमोड स्थित लान्ती–लेखपोखरा भित्री कच्ची सडक पनि अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको ठाडो खोलाको बहावले खोलामा अस्थायी रूपमा माटो जम्मा गरी बनाइएको डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।

    उक्त स्थानमा प्रहरी टोली खटाइएको छ । तत्काल बाटो निर्माण तथा तटबन्ध नगरेसम्म यातायात सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ । उक्त सडकमा हाल कुनै सवारीसाधन नरोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


    तेस्रो आँखा