• ट्रेण्डिङ्ग :
तुलसीपुरमा अपरहण गरेको भन्दै पाँच जना विरुद्ध मुद्दा दर्ता

तुलसीपुरमा अपरहण गरेको भन्दै पाँच जना विरुद्ध मुद्दा दर्ता


  • 2.9K
    SHARES
    • भाद्र १, २०८३ सोमबार
    • १ महिना अघि
    • 4.5K Views

    तुलसीपुरमा अपरहण गरेको भन्दै पाँच जना विरुद्ध मुद्दा दर्ता

    दाङ, ०१ भदौ। तुलसीपुरका पाँच जनालाई अपहरणको मुद्दा लागेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ भगवति टोल निवासी १९ बर्षीय जीवन विकलाई अपहरण गरेको उनीहरु माथि आरोप लगाएर जिल्ला अदालत दाङमा अभियोग दर्ता भएको   छ ।

    images

    शुक्रबार दर्ता भएको अभियोग पत्र अनुसार शान्तिनगर ५ घर भई हाल तुलसीपुर ६ शिखर कोलोनी बस्ने २२ बर्षीय सतिस श्रेष्ठ, तुलसीपुर ५ रानीजरुवा निवासी १९ बर्षीय विजय, घोराही ४ आँपखोली निवासी २१ बर्षीय चेतन बुुढा मगर, तुलसीपुर २ निवासी २० बर्षीय विपिन योगी विरुद्ध अहरणको मुद्दा दर्ता भएको हो ।

    त्यस्तै एक जना १८ बर्षीय बालक पनि पक्राउ परेका छन् । बुढा र योगी भने फरार रहेका छन् । उनीहरु विरुद्ध शुक्रबार जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेको हो । क्यारेम बार्ड खेलेर घर फर्किने क्रममा तुलसीपुर १० डिल्ली बजार स्थित एकान्त ठाउँमा पुर्याएको भन्दै उनीहरु विरुद्ध अपहरणको मुद्दा दर्ता भएको हो ।


    तेस्रो आँखा