• ट्रेण्डिङ्ग :
मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 2.8K
    SHARES
    • भाद्र २, २०८३ मंगलबार
    • २ महिना अघि
    • 4.3K Views

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, भदौ २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।

    images

    जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । मङ्गलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । रासस 


    तेस्रो आँखा