• ट्रेण्डिङ्ग :
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो

सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो


  • 2.2K
    SHARES
    • भाद्र ४, २०८३ बिहीबार
    • ४ हप्ता अघि
    • 3.4K Views

    सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो

    काठमाडौँ, भदौ ४  । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार एक सय रुपियाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपियाँ निर्धारण भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार एक सय र असली चाँदी प्रतितोला चार हजार ५९५ रुपियाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस 


    तेस्रो आँखा