• ट्रेण्डिङ्ग :
विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ


  • 1.8K
    SHARES
    • भाद्र ४, २०८३ बिहीबार
    • २ महिना अघि
    • 2.8K Views

    विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

    काठमाडौँ, भदौ ४ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-७ मनमैजुबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।

    images

    यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत, झापाको हल्दीबारी गाउँपालिका-२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका-७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् ।

    सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका-९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका-५ सुनखोलीबाट एक जना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका-९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसमेत तीन जना पक्राउ परेका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका-२ का २९ वर्षीय सुरज लुइटेल र धरान उपमहानगरपालिका-१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पक्राउ गरिएको छ । रासस 


    तेस्रो आँखा