• ट्रेण्डिङ्ग :
विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक राष्ट्रिय सभामा पेश

विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक राष्ट्रिय सभामा पेश


  • 1.9K
    SHARES
    • भाद्र ९, २०८३ मंगलबार
    • ३ हप्ता अघि
    • 2.9K Views

    विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक राष्ट्रिय सभामा पेश

    काठमाडौँ, भदौ ९  । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दफावार छलफलका लागि पेश गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक मन्त्री गौतमले राष्ट्रिय सभाको बैठकमा पेश गर्नुभएको हो ।

    विधेयकमा नेपाल विशेष सेवा ऐन, २०४२ मा रहेको साविकको व्यवस्था पुनः कायम गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयकमाथि अब दफावार छलफलको प्रक्रिया अघि बढ्नेछ ।


    तेस्रो आँखा