• ट्रेण्डिङ्ग :
विपद् प्रभावित स्थानीय तहलाई तीन महिना सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने

विपद् प्रभावित स्थानीय तहलाई तीन महिना सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने


  • 1.4K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 2.2K Views

    विपद् प्रभावित स्थानीय तहलाई तीन महिना सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने

    काठमाडौँ, भदौ १० ।  सरकारले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

    images

    रसुवामा आएको बाढी पश्चात् सिंहदरबारमा बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

    सरकारका प्रवक्ता एवम् शिक्षा  तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । 

    सरकारले उक्त घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाइते एवम् विचल्लीमा  परेकाको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ । यसको व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई तोकिएको उहाँको भनाइ छ । 

    मन्त्री पोखरेलले बाढी पश्चात् अवरुद्ध सडक, खानेपानी, विदुत सञ्चारको व्यवस्थापन तत्काल सुचारु गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । 


    तेस्रो आँखा