• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन


  • 3.3K
    SHARES
    • भाद्र १२, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 5.1K Views

    भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन

    काठमाडौँ, भदौ १२ ।  नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ । 

    images

    प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा ११२ जना, नुवाकोटामा ३७ जना, चितवनमा १८६ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । 

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । 

    हालसम्म २८ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन  छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । 

    काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ८७ छ ।


    तेस्रो आँखा