• ट्रेण्डिङ्ग :
सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिदै प्रधानमन्त्री शाह

सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिदै प्रधानमन्त्री शाह


  • 2.0K
    SHARES
    • भाद्र १५, २०८३ सोमबार
    • २ हप्ता अघि
    • 3.1K Views

    सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिदै प्रधानमन्त्री शाह

    काठमाडौँ, भदौ १५  । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग  क्रमशः  छलफल गरिरहनुभएको छ । 

    images

    प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका मामिलामा ‘ब्रिफिङ’ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

    अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै हुनुहुन्छ ।  यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ‘ब्रिफिङ’ लिनुहुनेछ ।  


    तेस्रो आँखा