काठमाडौँ, भदौ २० । नेपाल– चीन सीमामा आएको बाढीका कारण चीनको गिरोंग क्षेत्रस्थित इमिग्रेशन तथा कस्टम भवनबाट शुक्रबार बेलुकीसम्म ३१ शव फेला परेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ५३१ व्यक्ति वेपत्ता रहेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जानकारी दिएको छ । वेपत्ता हुनेमा विदेशी नागरिक र तीर्थयात्री समेत हुनुहुन्छ ।
यसैबीच भारतीय विदेश मन्त्रालयले शुक्रवार बेलुकीसम्म नेपालबाट १६९ भारतीय नागरिकको उद्धार भएको बताएको छ । बाढीमा परी भारतका २७५ व्यक्ति हालसम्म वेपत्ता भएको मन्त्रालयले जनाएको छ ।
