• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलबाट बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

राष्ट्रपति पौडेलबाट बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन


  • 2.1K
    SHARES
    • भाद्र २२, २०८३ सोमबार
    • १ हप्ता अघि
    • 3.2K Views

    राष्ट्रपति पौडेलबाट बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    नुवाकोट, भदौ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले  रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ । साथै उहाँले यहाँ रहेका बाढी प्रभावित र पीडितसँग भेटघाट गरी उहाँहरुको गुनासो समेत सुन्नुभएको छ । 

    images

    उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनरस्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भईरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो । 

    सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावित रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ बाढीबाट प्रभावित नागरिकले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको  धनजनको क्षतिबारे जानकारी गराउनुभएको थियो । साथै, खोज, उद्धार र राहत एवम पुर्नस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताउनुभएको थियो । 

    राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभएको छ ।

     


     


    तेस्रो आँखा