• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा


  • 3.0K
    SHARES
    • भाद्र २४, २०८३ बुधबार
    • १ हप्ता अघि
    • 4.7K Views

    प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा

    काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रूपियाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    images

    कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रूपियाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ । 

    यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । बाढीपछि सरकारले राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भइ कोषमा दाखिला भएको हो । रासस 


    तेस्रो आँखा