• ट्रेण्डिङ्ग :
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै


  • 1.5K
    SHARES
    • भाद्र २७, २०८३ शनिबार
    • ६ दिन अघि
    • 2.3K Views

    एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

    काठमाडौँ, भदौ २७ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।

    images

    नेपाल र युएईबिचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

    दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

    यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।

    जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबिच हालसम्म १९ खेल भएका छन् ।  नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।

    नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका  दुवै खेलमा नेपाल विजयी भएको थियो । रासस 

     


    तेस्रो आँखा