• ट्रेण्डिङ्ग :
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान


  • 1.5K
    SHARES
    • भाद्र ३०, २०८३ मंगलबार
    • ३ दिन अघि
    • 2.3K Views

    रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ, भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।

    images

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

    बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा शीर्ष  नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।


    तेस्रो आँखा