काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २० पैसा र बिक्रीदर १५३ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७९ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ २३ पैसा र बिक्रीदर २०६ रुपियाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ४७ पैसा र बिक्रीदर १८६ रुपियाँ २० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ९३ पैसा र बिक्रीदर १०९ रुपियाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४८ पैसा र बिक्रीदर १०९ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०६ पैसा र बिक्रीदर १२० रुपियाँ ५३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ८४ पैसा र बिक्रीदर नौ रुपियाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८४ पैसा र बिक्रीदर २२ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७८ पैसा र बिक्रीदर ४० रुपियाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०३ पैसा र बिक्रीदर ४२ रुपियाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७१ पैसा र बिक्रीदर ४१ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०५ पैसा र बिक्रीदर ११ रुपियाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५२ पैसा र बिक्रीदर २३ रुपियाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५३ पैसा र बिक्रीदर १९ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ४५ पैसा र बिक्रीदर ५०० रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ३८ पैसा बिक्रीदर ४०७ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपियाँ ४८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस
