• ट्रेण्डिङ्ग :
कोरलामा हिमपात, यातायात सञ्चालनमा सतर्कता (फोटो फिचर)

कोरलामा हिमपात, यातायात सञ्चालनमा सतर्कता (फोटो फिचर)


  • 2.5K
    SHARES
    • आश्विन ९, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 3.8K Views

    कोरलामा हिमपात, यातायात सञ्चालनमा सतर्कता (फोटो फिचर)

    मुक्तिनाथ (मुस्ताङ), असोज ९ गते । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासमा शुक्रबारदेखि हिमपात भइरहेको छ । हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । मौसम पूर्वानुमानअनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा गण्डकी प्रदेश भारी वर्षाको सूचीमा परेपछि उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा असोज ८ देखि ११ गतेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    पश्चिमी वायुको प्रभावले मुस्ताङका विभिन्न स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।


     


    तेस्रो आँखा