• ट्रेण्डिङ्ग :
हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण


  • 1.7K
    SHARES
    • आश्विन १२, २०८३ सोमबार
    • १ महिना अघि
    • 2.7K Views

    हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

    काठमाडौँ, असोज १२ गते । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम भइरहेको छ ।

    images

    प्रयोगशालामा हालसम्म एक हजार ४२६ वटा हाडका नमूना संकलन भएकोमा ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम भएको प्रतिष्ठानका प्रवक्ता डा. रामचन्द्र पौडेलले बताउनुभयो। 

    प्रवक्ता डा. पौडेलका अनुसार १५ जना चिनियाँ विज्ञ र १० जना नेपाली वैज्ञानिकसहितको टोली निरन्तर खटेको छ । चीनले सहयोगस्वरुप उपलब्ध गराएको ¥यापिड डिएनए सिक्वेन्सिङ्ग मेसिनले दुई घण्टामा दुईवटा नमुनाको डिएनए प्रोफाइलिङ्ग गर्नेगरेको छ । यसअघि नास्टसँग २५ क्यापिलरीको सिक्वेन्सर मात्र थियो। 

    नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डिएनए परीक्षण गर्ने जिम्मा दिइएको थियो। प्रवक्ता पौडेलका अनुसार हड्डीमा डिएनएको मात्रा कम हुने भएकाले समय लाग्छ । तसर्थ चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्टको मोलिक्युलर बायोटेक्निकल प्रयोगशालामा डिएनए परीक्षणको काम द्रूत गतिमा भइरहेको छ। 

    प्रवक्ता पौडेलका अनुसार डिएनए प्रोफाइलिङ्ग गर्दा सर्वप्रथम दाँत, हड्डीबाट डिएनए निकालिन्छ । त्यसछि पिसीआर गरिन्छ । सिक्वेन्सरमा राखेर डिएनएको गुण परीक्षण गरिन्छ। विपदका बेला अनुसन्धानको महत्व बढी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने उहाँको धारणा छ।


    तेस्रो आँखा