बुढीगण्डकी नदीमा ठुलो बाढी, त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह

बुढीगण्डकी नदीमा ठुलो बाढी, त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह


  • 3.0K
    SHARES
    • आश्विन २५, २०८३ आइतबार
    • १ हप्ता अघि
    • 4.6K Views

    बुढीगण्डकी नदीमा ठुलो बाढी, त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, असोज २५ गते । बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    महाशाखाले आइतबार बिहान ६ः४० बजेतिर सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठुलो बाढी आइरहेको जनाएको हो ।

    बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।

    नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बुढीगण्डकी

  • तेस्रो आँखा