• ट्रेण्डिङ्ग :
वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता

वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता


  • 664
    SHARES
    • कार्तिक २८, २०८३ शुक्रबार
    • २८ मिनेट अघि
    • 1.0K Views

    वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता

    टर्की, कात्तिक २७ । कृषि, वन तथा वातावरण मन्त्री  गीता चौधरी र चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युबिच द्विपक्षीय भेटवार्ता भएको छ । 

    images

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को अवसरमा बिहीबार छलफल भएको हो । 

    छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि नेपालले चीनको सहयोग र समर्थन अपेक्षा गरेको छ। भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।  

    गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदान–प्रदानप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

    मन्त्री चौधरीले कोप –३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गर्नुभयो।

     


    तेस्रो आँखा