• ट्रेण्डिङ्ग :
टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत


  • 6.5K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

    एजेन्सी, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका छन् । उनले हालैमात्र संयुक्त राष्ट्रसंघको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो ।

    images

    संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

    प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरु पुगेको जनाएका छन् ।यहाँका विद्रोहीहरुले ती क्षेत्रमा खाद्यान्न पु¥याउन दिएको भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले सो क्षेत्रमा आगामी दिनहरुमा सञ्चार, बैंक र स्वास्थ्य चौकीहरु स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् । इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ। यहाँका विद्रोहीहरुले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुलाई पनि जान दिएका छैनन् ।


    तेस्रो आँखा