• ट्रेण्डिङ्ग :
‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल


  • 7.2K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    ‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

    काठमाडौं, १२ मंसिर

    images

    सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ । 

    जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जावलाखेल ‘लिग लिडर’ मनाङ मर्स्याङ्दी क्लबसँग १-० अन्तरले पराजित भएको थियो । 

    कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई तीन विदेशी खेलाडीको साथ रहनेछ । जावलाखेलका प्रशिक्षक विभागीय पुलिसविरुद्ध खेल्दा टोली गर या मरकोअवस्थामा रहेको र खेलमा जसरी पनि तीन अंक चाहिएको बताउँदै जित्न खेल्ने बताउँछन् । 

    ‘पुलिससँग ‘गर या मर’ को अवस्थामा छौं । मलाई जसरी पनि तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजार पनि प्रयोग गर्न सक्छु’, केसीले भने । 

    यता, पहिलो खेलमा साविक उपविजेता विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको पुलिस पहिलो जितको खोजीमा छ । राष्ट्रिय टोलीका नियमित दुई तथा चार सदस्यको साथ रहेको पुलिस जावलाखेललाई हराउँदै तीन अंकको दाउमा छ । 

    ‘हाम्रो लक्ष्य जावलाखेलविरुद्ध तीन अंक हो । जित्नका लागि मैदान उत्रन्छौं’, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले न्युज कारखानासँग भने । 

    पुलिस युवा खेलाडी राज बाजीको कप्तानीमा मैदान उत्रनेछ । पुलिसलाई राष्ट्रिय टोलीका सुमन लामा, तेज तामाङसहित अजित भण्डारी र रवि पासवानको साथ छ । अजित भने पहिलो खेलमा चोटका कारण बेच्नमै रहेका थिए । 

    यस्तै पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ, जुमानु राई, सुमन सुवेदीलगायत खेलाडीको साथ छ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दुई खेल जित्दै शीर्षस्थानमा छ ।


    तेस्रो आँखा