• ट्रेण्डिङ्ग :
ग्लोबल छनोट यात्रामा पूर्णविराम, युएईसँग ४८ रनले पराजित

ग्लोबल छनोट यात्रामा पूर्णविराम, युएईसँग ४८ रनले पराजित


  • 8.2K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    ग्लोबल छनोट यात्रामा पूर्णविराम, युएईसँग ४८ रनले पराजित

    काठमाडौं, १२ मंसिर । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा युएईसँग ४८ रनले पराजित भएको छ । यससँगै नेपालको ग्लोबल छनोटको यात्रा सकिएको छ ।

    images

    प्रतियोगिता अन्तर्गत नेपालले पाँचमध्ये तीन खेलमा जीत हात पार्न सक्यो । नेपाल यस अघि हङकङसँग पराजित भएको थियो । जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाँकी छँदा अलआउट हुँदै ७९ रनमात्र बनाउन सक्यो ।

    नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

    नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ रन जोडिन् । सीता राना मगरले १३ रनको योगदान गरिन् । सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारी २, कप्तान रुविना क्षेत्री २, कविता जोशी १ रनमा आउट भए ।

    यूएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए । चाया मुघलले एक–एक विकेट लिए । यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

    युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन । कभिसा इगोडेजले २२ रनको योगदान गरिन् । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे । नेपालकालागि यो अवसर महत्वपुर्ण भएपनि उसले सदुपयोग गर्न सकेन ।