• ट्रेण्डिङ्ग :
रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ - युक्रेनी वार्ता टोलीका संयोजक

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ - युक्रेनी वार्ता टोलीका संयोजक


  • 6.3K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ - युक्रेनी वार्ता टोलीका संयोजक

    एजेन्सी, ३० चैत । रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् । 

    images

    रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भने 'हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।'

    अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए । उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् । 


    तेस्रो आँखा