• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.5K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ३० चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    images

    नेपालभर चार हजार सात सय १५ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    तीन हजार तीन सय ४९ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा र एक हजार तीन सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो। 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन भने ४९ जना संक्रमित निको भएका छन्। 

    हाल नेपालमा सक्रिय कारोना संक्रमितको संख्या पाँच सय २० रहेको छ। 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप