• ट्रेण्डिङ्ग :
तालमेल गर्नै पर्छ भनेर थोपर्न पाइदैन् –महामन्त्री थापा

तालमेल गर्नै पर्छ भनेर थोपर्न पाइदैन् –महामन्त्री थापा


  • 9.5K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    तालमेल गर्नै पर्छ भनेर थोपर्न पाइदैन् –महामन्त्री थापा

    काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आउने निर्वाचनमा स्थानीय तहले आवश्यक नठानेको अवस्थामा केन्द्रले तालमेलको निर्णय थोपार्न नपाइने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्थानीय तहमा कुरा मिलेको अवस्थामा मात्र गठबन्धनसहित निर्वाचनमा जाने स्पष्ट पारेका हुन्।

    images

    स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने महामन्त्री थापाले स्पष्ट पारे।

    कांग्रेस महामन्त्री थापाले भने,  ‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो । मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ।’ 

    गठबन्धनको संयन्त्रमा देशभैरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ । तल कुरा नमिलेपनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन’ थापाले भने ।