• ट्रेण्डिङ्ग :
कर्णालीमा लक्ष अनुसारको प्रगति भएको छैन –मुख्यमन्त्री शाही 

कर्णालीमा लक्ष अनुसारको प्रगति भएको छैन –मुख्यमन्त्री शाही 


  • 9.3K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    कर्णालीमा लक्ष अनुसारको प्रगति भएको छैन –मुख्यमन्त्री शाही 

    सुर्खेत १ बैशाख । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन्।

    images

    मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गरे । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उनको भनाइ छ । सन्देशमा भनिएको छ, “सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ । ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ ।”

    सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पु¥याउन पनि आग्रह गरेका छन् ।


    तेस्रो आँखा