काठमाडौं, २ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्थानीय तहको नेतृत्वमा दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । एउटै पार्टीबाट दर्जन भन्दा बढीले दाबेदारी प्रस्तुत गरेपछि राजनीतिक दललाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको छ ।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा चम्पादेवी ३ चिप्लिङका शेर बहादुर मगरले दाबेदारी प्रस्तुत गरेका छन् ।
ओखलढुंगा प्रदेश एक सम्पर्क कमिटिका सदस्य समेत रहेका मगर चम्पादेविको ६० प्रतिशत जनजातिको प्रतिनिधित्व गर्दै नेतृत्व गर्ने होडमा छन् । लामोसमय देखि व्यापार, व्यवसायमा संलग्न उनी चम्पादेवीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र चम्पादेविको बिकास गर्न अग्रसर हुने उनले दाबी गरेका छन् ।
चम्पादेवी गाउँपालिकालाई नमुना पालिका बनाउने योजना रहेको उनको भनाइ छ। पालिकाकाको शिक्षा, स्वास्थ्य, सडक, विद्युत, कृषि र रोजगारी आदिमा सुधार गर्ने र विकास गर्ने योजना रहेको उनले बताए। पालिकामा रहेर सधैं जनतामाझ घुलमिल हुँदै जनताको सुखदुःखमा साथ दिदै आएका मगरप्रति युवा वर्ग विशेष आकर्षक रहेको छ । उनले चम्पादेविको खेल क्षेत्रमा सुधार गर्न र युवाहरूलाई उत्प्रेरित गर्न खेलको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।
चम्पादेवीमा रहेका ६० प्रतिशत भन्दा बढी जनजातिले अब विगतको इतिहास बदल्दै आफ्नो अस्तित्व देखाउन र एक जनजातिलाई नेतृत्वमा पुर्याउन आम नागरिकले भुमिका खेल्ने कुरामा आफू ढुक्क रहेको उनले बताए ।
चम्पादेविको पालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट चार जनाको नाम सिफारिस गर्ने तयारी भएको मगरले बताएका छन् । तर लामोसमयदेखी पार्टिमा रहेर काम गरेको, जनताको सुखदुःखमा साथ दिदै आएको र पार्टीमा इमानदार र निश्ठवान रहेर काम गरेकोले आफुलाई पार्टीले टिकट दिएर उचित मुल्यांकन गर्ने कुरामा विश्वस्त रहेको मगरले बताएका छन् ।
मगरले अरु भन्दा बढी लोकप्रिय, युवाको सहयात्री, आमाबुबाको सहारा बनेर काम गरेको दाबी गरेका छन् । अन्य दाबेदारी भएपनी विपक्ष दलको तथा तटस्थ रहेको भोटरलाई तान्ने किसिमको लोकप्रियता रहेको पनि अन्य नेताहरूले जनाएका छन् । आफूले भोटरको आकलन गरेको र आफूले पालिकाको अध्यक्ष जित्ने निश्चित रहेको उनको भनाइ छ ।
'चम्पादेवी आकर्षक ठाउँहरुले भरिपूर्ण छ, असक्षम नेतृत्वको कारण अझै पनि चम्पादेबिका जनता साँझ बिहानको छाक टार्ने दौडधुपमै रुमल्लीरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सिचाइ बाटो बिजुली खानेपानीको पहुँचबाट टाढै छ्न् । सिंहदरबार गाउँघरमा आएको अनुभूति नै भएको छैन,' मगरले भने 'चुनावको बेला ठूल्ठूला आश्वासनमा रमाएका जनता अहिले आफैलाई धिकार्दै खिन्न महशुस गरिरहेका छन् ।'
स्थानीयका अनुसार उनले कोभिड १९ को महामारीमा चम्पादेबि को दसै वडामा स्वास्थ्य सामाग्री प्रधान, गरिब असक्त असहायलाई आर्थिक सहयोग, कोभिडको कारण अति समस्यामा परेका नागरिकहरुलाई खाद्यान्न लत्ताकपडाको बन्दोबस्त, पलापु चिप्लिङ बिलन्दु घोराखोरिका खेल प्रेमी युबाहरुलाई खेलकुद सामाग्री ड्रेस हस्तान्तरण लगायत गाउका नागरिकको हरेक दुख सुखमा साथ दिने गरेको बताए ।
