• ट्रेण्डिङ्ग :
आसाममा चट्याङ लागेर १४ को मृत्यु

आसाममा चट्याङ लागेर १४ को मृत्यु


  • 7.9K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    आसाममा चट्याङ लागेर १४ को मृत्यु

    एजेन्सी, ५ वैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार आसाममा आएको भिषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै आएको हावाहुरीले भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो ।

    images

    आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । आसाममा चट्याङबाट मात्र दर्जनौँ व्यक्ति नागरिक घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

    यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।


    तेस्रो आँखा