• ट्रेण्डिङ्ग :
हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति 

हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति 


  • 10.7K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति 

    काठमाडाैं,६ बैशाख ।  विराटनगरस्थित हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसलमा समेत क्षति पुगेको छ ।

    images

    घिमिरेको किराना पसल, विपन राजबंशीको चिया पसल, तुलसीप्रसाद उप्रेतीको कपडा पसल अबान्सु राजबंशीको चिसा पसल जलेर पूर्णरुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

    विराटनगर महानगरपालिका दुईवटा, दमक र दुहबी नगरपालिकाबाट आएका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले  आज बिहान आगो नियन्त्रणमा लिइएको थियो ।


    तेस्रो आँखा