• ट्रेण्डिङ्ग :
निर्वाचनका बारेमा कुनै शंका नराखौं : आयुक्त

निर्वाचनका बारेमा कुनै शंका नराखौं : आयुक्त


  • 7.2K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    निर्वाचनका बारेमा कुनै शंका नराखौं : आयुक्त

    काठमाडौं ,६ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका सन्दर्भमा कुनै प्रकारको शंका वा संसय नराख्न सबैमा आग्रह गरेका छन् । निर्वाचन आयोगले केही नयाँ अभ्यास गर्न थाल्दा शंका गर्ने गरिएको तर्फ संकेत गर्दै उनले त्यस्तो संका नगर्न आग्रह गरेका हुन् ।

    images

    एकै दिनमा निर्वाचनको मतदान सम्पन्न गर्ने अभ्यासदेखि मतपत्रको रंग तथा साना पार्टीको चुनाव चिन्न सुरक्षित गर्नेलगायतका नयाँ कामहरु आयोगले गरेको उनले बताए । त्यसैगरी निर्वाचनको प्रचार अबधी घटाएर १५ दिनबाट ११ दिन गराइएको जानकारी दिए ।

    ‘यसो गर्दा निर्वाचन हुने हैन कि भन्ने शंका गरेको पनि पाइयो’ उनले भने, ‘निर्वाचन हुने कुरामा अब बिना शंका ढुक्क भएर लाग्नुस् ।’
    मिडियासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको मौन अबधिमा मदिरा निषेध गर्नका लागि आफूले प्रस्ताव गरेको जानकारी दिए । ‘यसो गर्दा अझ राम्रो होला भन्ने मेरो बिश्वास छ’ उनको भनाई थियो ।  


    तेस्रो आँखा
    लेखकबाट थप