• ट्रेण्डिङ्ग :
राइटर्स इन्टरनेशनल नेपालको वार्षिकोत्सव र कृति विमोचन 

राइटर्स इन्टरनेशनल नेपालको वार्षिकोत्सव र कृति विमोचन 


  • 11.3K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    राइटर्स इन्टरनेशनल नेपालको वार्षिकोत्सव र कृति विमोचन 

    काठमाडौं, ८ वैशाख । लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव समारोह साहित्यकार तथा लेखक संसार नेपालकी अध्यक्ष उपमा आचार्यको सभापतित्वमा २०७९ जेठ, ७ प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।

    images

    सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङ र विशिष्ट अतिथि राइटर्स इन्टरनेशनलका  ग्लोवल अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा, साहित्यको सेवा र विस्तारमा लामो समय देखि निरन्तर समर्पित र योगदान दिने तीन संस्थाहरूका प्रतिनिधिहरूलाई १.शारदा मासिक पत्रिका (बिमल भौकाजी) ,२.गुन्जन नारी साहित्य संस्था (जलेश्वरी श्रेष्ठ), ३.वासु शशि स्मृति परिषद् (प्रधुम्न जोशी) जनही रू ५१ हजार र प्रमाणपत्र सहित सम्मान गरे । 

    सोही कार्यक्रमममा साहित्यकार विमला अधिकारीको मनकली उपन्यास विमोचन गरिएको थियो । विमोचित पुस्तकबारे समालोचक उप.प्रा. मनमाया पोख्रेल र डाक्टर गोविन्दमान सिंह कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए । आफ्ना लागि पढौ, अरुका लागि लेखौ भन्ने अवधारणालाई साकार तुल्याउन गठित राइटर्स इन्टरनेशनल विश्वका ११ मुलुकमा क्रियाशील रहेको र नेपालमा पनि लेखक संसारले यसको आवद्दता ग्रहण गरेकोमा यस संस्थाका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा आगामी दिनमा राइटर्स इन्टरनेशनल विस्तार हुँदै विश्वभर फैलदै जाने सो संस्थाका अध्यक्ष ज्ञानेन्द्र गदालले बताए ।

    ‘जीवनलाई वर्षले होइन कर्मले नाप्नु पर्दछ’ भन्दै आफ्नो सभापतीय मन्तव्यमा उपमा आचार्यले संस्थाको गतिविधि र उदेश्यमा प्रकाश पारेका थिए । २०७७ सालमा नेपाल च्याप्टर गठन भए पनि कोरोना कहरको कारण यो वर्ष मात्र प्रथम वार्षिकोत्सव गर्नु परेको र आगामी वर्षहरूमा हरेक वैशाख ७ मा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाइने पनि आचार्यले बताए । गायक प्रकाश तिमिल्सिनाले ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीत गाएर सभालाई सांगीतिक माहौल प्रदान गरे ।

    विमोचित कृति मनकलीकी लेखिका विमला अधिकारीले लेखकीय मन्तव्य र सम्मानित संस्थाका प्रतिनिधिले धन्यवाद मन्तव्य ज्ञापन गरेको कार्यकर्मको संचालन दिलिप ढकालले गरेका थिए भने स्वागत भाषण राधिका गुरागाईले गरेकी थिइन् । थुप्रै ख्यातिप्राप्त साहित्यकारहरू, प्राध्यापकहरू, समाजका विशिष्ट व्यक्ति, र साहित्यानुरागी विद्यार्थीहरुको व्यापक उपस्थितिमा सम्पन्न भएको थियो । 

    278586315_1143060716269061_960657220380463948_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप