• ट्रेण्डिङ्ग :
ओखलढुंगाका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

ओखलढुंगाका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • 7.7K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    ओखलढुंगाका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडाैं,८ बैशाख । स्थानीय तह  निर्वाचनको पूर्व तयारी अन्तर्गत  ओखलढुंगाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम ओखलढुंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला न्यायाधिश दलबहादुर केसी र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले उद्घाटन गरेका हुन् ।

    images

    अन्य स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले उद्घाटन गरेका छन् । १ नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको ओखलढुंगामा सबै पालिकाको केन्द्र रहेका स्थानमा नै निर्वाचन अधिकृतको कार्यालय राखिएको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले बताए ।

    मुख्य निर्वाचन अधिकृतको भुमिकामा जिल्ला न्यायाधिश रहने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बसेको स्थानीय तहको निर्वाचन अधिकृतको जिम्मेवारी मेत स्वयंमले निर्वाह गर्नु पर्ने व्यवस्था आयोगले गरेको छ । एक महिनासम्म बस्ने उक्त कार्यालय भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नवनिर्मित भवनमा स्थापना गरिएको छ । कार्यालय स्थापना भएसंगै बिहीबारबाट औपचारिकरुपमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्बन्धित कार्यालयबाट सुरु गरिएको निर्वाचन अधिकारी न्यौपानेले बताएका छन् ।

     मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालयले बेलामौकामा राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग समन्वय र अन्तरक्रिया जारी राख्ने जिल्ला निर्वाचन अधिकृत केसीको भनाई छ ।

    सुरक्षासँग जोडिएका प्रजिअसँग र निर्वाचनसँग जोडिएका प्रमुख निर्वाचन अधिकृतसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी निर्वाचन अधिकृतहरुको हुनेछ । त्यस्तै मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै काम गर्ने जिम्मेवारी पनि रहने छ । जिल्लाको खिजीदेम्वा गाउँपालिकाको निर्वाचन अधिकृतमा महालेखा नियन्त्रक कार्यालय काठमाण्डौमा उप–महालेखा नियन्त्रको रुपमा कार्यरत विष्णुहरी बराल छन् ।

    चम्पादेवी गाउँपालिकाको लागि उच्च सरकारी वकिल कार्यालय ओखलढुंगाका उपन्याधिवक्ता महेन्द्र बहादुर थापा, चिशंखुगढी गाउँपालिकाको लागि जिल्ला सरकारी वकिल कार्यालय ओखलढुंगाका जिल्ला न्यायधिवक्ता कमला काफ्ले, मानेभञ्ज्याङको लागि ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नविन खनाल र मोलुङको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव खिमा देवी लङवा निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।

    जिल्लाको लिखु गाउँपालिकामा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेश कुमार थापा र सुनकोशी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, काठमाण्डौका, उप–सचिव कविता फुँयाल निर्वाचन अधिकृतमा रहने छिन् । निर्वाचन अधिकृतको कार्यालयबाटै उमेद्धार मनोनयन दर्ता देखि दाबी विरोधको उजुरी लिने, निर्णय गर्ने, उमेद्धारलाई चुनाव चिह्न प्रदान, मतगणना देखि विजय घोषणा र प्रमाणपत्र दिने लगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप