• ट्रेण्डिङ्ग :
स्थानीय तहको निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) को मार्चपास

स्थानीय तहको निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) को मार्चपास


  • 13.1K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 20.2K Views

    स्थानीय तहको निर्वाचन बहिष्कार गर्न नेकपा (क्रान्तिकारी माओवादी) को मार्चपास

    काठमाडाैं,८ बैशाख । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको निर्वाचन बहिष्कारको नारा लगाउँदै बिहिबार चम्पादेवी गाउँपालिका ३ मा मार्चपास गरेको छ । ‘प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौँ, व्यक्ति पार्टी होइन व्यवस्था बदलौँ’ भन्ने नारा सहित मार्चपास गरि उनीहरुले बहिष्कार सभा गरेका हुन् । सयौँको संख्यामा उपस्थित युवाहरुले चम्पादेवी गाउँपालिकाको केन्द्रबाट मार्चपास गरि नजिकै सभा गरेका हुन् ।

    images

    278838894_569760974274554_4149424808815239806_n.jpg

    सभालाई पार्टीका केन्द्रिय सदस्य वसन्त बोगटीले सम्बोधन गरेका थिए । उनले गठबन्धन सरकार तथा एमाले राष्ट्रघात, जनघात र भ्रष्टाचारले दुर्गन्धित भएकोले जनताले दुर्गन्धको थुप्रो र मुक्तिको आन्दोलन कुन हो भनेर चिन्ने समय आएको बताए । उनले चम्पादेवीमा संसदवादी प्रतिक्रियावादी दलालहरुलाई निषेध गर्ने र जनादेश सहित नयाँ क्रान्तिकारी सत्ता, सरकार निर्माण हुने बताए ।

    चम्पादेवीको निर्वाचन बहिष्कारले समाज र राष्ट्रलाई नयाँ सन्देश दिने उनीहरुको भनाई थियो । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले यसअघिको निर्वाचन पनि बहिष्कार गरेको थियो । स्थानीय तह निर्वाचनको संघारमै फेरी निर्वाचन विरोधी गतिविधि शुरु गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप