• ट्रेण्डिङ्ग :
जिल्लाको रिपोर्ट सुन्दा नेकपा एसलाई अपनामा गरिदैछ  - माधव नेपाल 

जिल्लाको रिपोर्ट सुन्दा नेकपा एसलाई अपनामा गरिदैछ  - माधव नेपाल 


  • 6.1K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    जिल्लाको रिपोर्ट सुन्दा नेकपा एसलाई अपनामा गरिदैछ  - माधव नेपाल 

    काठमाडाैं,१० वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा शनिवार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताए ।

    images

    अध्यक्ष नेपालले भने–तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन, अपमान गरिदै छ । देशैभर हाम्रो पार्टीको संजाल छ, कम्तिमा पनि सबै जिल्लामा एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।

    अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए । ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप