• ट्रेण्डिङ्ग :
पाल्पामा भागबण्डा मिल्यो ६ वटा कांग्रेसलाई ४ वटा माओवादी समाजवादीलाई 

पाल्पामा भागबण्डा मिल्यो ६ वटा कांग्रेसलाई ४ वटा माओवादी समाजवादीलाई 


  • 5.9K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पाल्पामा भागबण्डा मिल्यो ६ वटा कांग्रेसलाई ४ वटा माओवादी समाजवादीलाई 

    काठमाडाैं,१० वैशाख । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति जुटेको छ । शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरेको हो । जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुख  पाएको छ ।

    images

    त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको पाएको छ ।नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले जानकारी दिए । सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ ।

    नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ । उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

    नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । त्यस्तै नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ । स्थानीय तह र्निवाचनमा पाल्पामा एमालेलाई सकस देखिएको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप