• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
आजबाट सुरू भयाे निर्वाचन प्रकृया, यस्ताे छ निर्वाचन कार्यतालिका

आजबाट सुरू भयाे निर्वाचन प्रकृया, यस्ताे छ निर्वाचन कार्यतालिका


  • 6.1K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आजबाट सुरू भयाे निर्वाचन प्रकृया, यस्ताे छ  निर्वाचन कार्यतालिका

    काठमाडाैं,११ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको छ ।

    images

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

    १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६  १६ वैशाखमा  उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ । आइतबार देखिनै आचार संहिता पालना भए नभएकाे अनुगमन गर्ने र कडाइका साथ लागु गर्ने आयाेगले जनाएकाे छ ।

     निर्वाचन आयोगले मनोनय दर्ताका लागि दुई दिन तोकेका कारण अधिकांश स्थानमा ठूलो राजनीतिक दलले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । उम्मेदवार टुंग्याउन विवाद भएका कारण पनि ठूला दलले भोलि मात्रै मनोनयन दर्ता गर्नेछन् ।  यद्यपि, विवाद नभएका स्थानीय तहमा आजै मनोनयन दर्ता हुनेछ । मनोनय दर्ता गर्नुपर्ने दिन आइसकेपछि सत्तागठबन्धन दललाई उम्मेदवार टुंग्याउनै सकस परिरहेको छ । एमालेले पनि धेरै स्थानीय तहमा उम्मेदवार टुंगाे लगाउन सकेकाे छैन । 


    तेस्रो आँखा
    लेखकबाट थप