ओखलढुंगा,१३ वैशाख । ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले राजन दाहाललाई आधिकारीक उम्मेदवार बनाएको छ । कांग्रेसको राजनीतिमा लामो समयदेखि योगदान गरेका नेता राजन दाहाललाई गाउँपालिकाका सबै नेताहरुले समर्थन गरेपछि पार्टीले आधिकारिक टिकट उनलाई नै मिलाएको हो । पार्टीले पहिलो चरण्मा टिकटको निर्णय गरेका प्रकाश दाहालले समेत उनलाई समर्थन गरेका छन् ।
गाउँपालिका उम्मेदवारका आकांक्षी प्रदीप कुमार बाँनीया, महेन्द्र कार्की र उम्मेदवार बनाउने निर्णय गरिसकेका महाधिवेशन प्रतिनिधि प्रकाश दाहालले समेत राजन दाहाललाई समर्थन गरेर चुनावमा जाने सहमति भएको नेपाली कांग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल काकाले जानकारी दिए । नेपाली कांग्रेस–माओवादी चुनावी तालमेल गर्ने सहमतिका विषयमा लामो प्रयार गर्नुपर्दा उम्मेदवार मनोनयन गर्ने अन्तिम दिन सम्म सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस जिल्ला सदस्य टंकमाया बुढाथोकीले उपाध्यक्षमा मनोनयन दर्ता गराएकी छन् ।
मोलुङ गाउाँपालिका २ का राजन दाहाल पूर्व मन्त्री तथा नेपाली कांग्रेस प्रजातान्त्रीकका प्रवक्ता होमनाथ दाहालका स्वकीय सचिव हुन् । उनी गाउँपालिकाका पुराना र लोकप्रिय नेता भएकाले सबैको सहमति अनुसार प्रकाश दाहालले उम्मेदवारी छाडेर उनलाई समर्थन गरेको बताए । पार्टीले पहिलो चरणमा प्रकाश दाहाललाई उम्मेदवार बनाउँने निर्णय गरेपनि उनले राजन दाहालका नाममा समर्थन गरेपछि राजनलाई पार्टीको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गराएकोे नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए ।
मनाेनयन दर्ता पछि अध्यक्षाका उम्मेदवार राजन दाहालले गाउपालिकाकाे समृद्दी शुशासन कायम गर्दै भ्रष्टाचारमुक्त गाउँपालिका अभियानमा लाग्ने बताए । अध्यक्ष जितेपछि जनताकाे अभिमतलाइ कहिल्याै खेर नफाल्ने गरी गाउँपालिका भित्रका विविध सम्भावनाहरूलाइ सबै दल र आम सराेकारवालाहरूबीचकाे छलफलबाट समृद्द माेलुङ सुखी र खुसी माेलुङबासी बनाउन लागि पर्ने बताएका छन् ।
