• ट्रेण्डिङ्ग :
तीन राजनीतिक दल र २ नेतालाई कारबाहीको सिफारिस

तीन राजनीतिक दल र २ नेतालाई कारबाहीको सिफारिस


  • 7.9K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    तीन राजनीतिक दल  र २ नेतालाई कारबाहीको सिफारिस

    काठमाडाैं,१६ वैशाख । निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरेको भन्दै तीन राजनीतिक दल तथा २ नेतालाई कारबाहीको सिफारिस गरेको छ। आयोगको सचिवालयले बिहीबार बसेको बैठकमा आचार संहिताको उल्लंघन गरेको भन्दै राजनीतिक दल तथा नेताहरूलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ।

    images

    आयोगले कारबाही सिफारिस गर्नुअघि स्पष्टीकरण सोधेको थियो। त्यसपछि आयोगले तीन राजनीतिक दल, एक सासंद र एक सभामुखलाई कारबाही गर्न सिफारिस गरेको हो । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बिहीबार बसेको बैठकमा आयोगले कारबाही गर्न सिफारिस गरेको हो।

    यस्तै प्रतिनिधि सभा सदस्य शंशाक कोइराला र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको हो। अघिल्लो चुनावमा आयोगलाई बुझाएको खर्च विवरण भन्दा बढी खर्च भएको भन्ने अभिव्यक्ति उनीहरूले दिएका थिए। पछि आयोगले उनीहरूलाई पनि ‘निर्वाचनमा गरेको खर्च विवरण ढाँटेको’ भन्दै कारबाही गर्न सिफारिस गरेको हो।

    यस्तै राप्रपाले चुनावी प्रचारप्रसार गर्दा कार्यक्रममा बालबालिकाहरूलाई प्रयोग गरेको, एकीकृत समाजवादीले भृकुटीमण्डपमा आमसभा गर्दा आचार संहिता विपरीतका काम गरेको र माओवादी केन्द्रले नेपाल विद्युत प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखी प्रचार प्रसारको सामग्री बनाएको भन्दै तीनै दललाई स्पष्टीकरण सोधिएको थियो। जवाफ पाएपछि आयोगको सचिवालयले तीनै दललाई पनि कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ।

    यसरी आचार संहिता विपरीत काम गरेको पाएपछि आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाहीको लागि सिफारिस गरेको हो। त्यस दफाको उपदफा ३को ९२० मा भनिएको छ, आयोगले दिएको आदेश बमोजिम काम कारबाही नरोक्न वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।

    अहिले ठूला दलहरूबाटै धेरैजसो आचार संहिताको उल्लंघन भइरहेको देखिएको छ। आयोगले चैत २६ गतेदेखि स्थानीय तह निर्वाचन आचार संहिता २०७९ लागु गरेको थियो।


    तेस्रो आँखा