काठमाडौं, १८ वैशाख । स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो ।
यो रियाल मड्रिडले जितेको ३५औं स्पेनिस लालिगाको उपाधि हो । घरेलु मैदानमा रियाललाई चार खेल अगावै च्याम्पियन बनाउन रोड्रिगोले दुई गोल गर्दा मार्को एसेन्सियो तथा करिम बेन्जेमाले एक एक गोल गरे ।
रियालले खेलको ३३औं मिनेटमा रोड्रिगोको गोलमा अग्रता लिएको थियो । यस्तै, ४३औं मिनेटमा रोड्रिगोले नै गोल गर्दै रियालको अग्रता दोब्बर पारे ।खेलको ५५औं मिनेटमा एसेन्सियोले तेस्रो गोल बेन्जेमाले ८१औं मिनेटमा चौथो गोल गरेसँगै रियालले ३५औं ला लिगा सुनिश्चित गर्यो ।
चार खेल अगावै च्याम्पियन बनेको लिग लिडर मड्रिडले ३४ खेलमा ८१ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको ६४ अंक छ भने ६३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ ।
