• ट्रेण्डिङ्ग :
नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दियो

नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दियो


  • 7.9K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दियो

    काठमाडौं, १८ वैशाख । नेपालले पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।

    images

    आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

    कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।


    तेस्रो आँखा
    लेखकबाट थप