• ट्रेण्डिङ्ग :
मतगणनास्थलहरुमा सीसीटीभीबाट निगरानी गर्ने

मतगणनास्थलहरुमा सीसीटीभीबाट निगरानी गर्ने


  • 7.6K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    मतगणनास्थलहरुमा सीसीटीभीबाट निगरानी गर्ने

    काठमाडाैं,१९ वैशाख । निर्वाचन आयोगले मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) मार्फत निगरानी र अनुगमन गर्ने भएको छ । मतगणनास्थलको सुरक्षाका लागि आयोगले सीसीटीभीबाट निगरानी गर्ने र त्यसको रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाएको हो ।

    images

    आयोगले डेढ महिनाअघि नै मतपेटिका भण्डारण र मतगणना दृश्य अनुगमनका लागि सीसीटीभी जडान गर्न र उपकरणहरुको बन्दोबस्त गर्न देशभरका स्थानीय तहमा परिपत्र गरेको थियो । आयोगले केन्द्रबाट नै इन्टरनेटको सुविधा पुगेका सबै ठाउँको अनुगमन गर्नेछ ।

    ‘पाँच वर्षअघि भरतपुरको मतगणनास्थलमा भएको घटनापछि केही ठाउँमा तारजाली राखेर मतगणना भएको थियो, तर त्यसले आम मानिसमा नकारात्मक सन्देश प्रवाह भएको महसुस भयो,’ आयोग स्रोतले भन्यो, ‘यसपालिदेखि हामीले तारजाली राख्दैनौं । सीसीटीभीमा सबै दृश्य रेकर्ड हुने व्यवस्था मिलाएका छौं ।’ आयोगले कुनै घटना भए सीसीटीभी फुटेजबाट प्रमाण संकलन र त्यसकै आधारमा निर्णय हुने जनाएको छ ।

    पाँच वर्ष अघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका साथ त्यतिबेला नै अरु स्थानीय तहमा तारजाली राखेर मतगणना गरिएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप